बडिमालिका–रामारोशन वन संरक्षण क्षेत्रको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बडिमालिका–रामारोशन वन क्षेत्रको संरक्षण र विकासलाई सँगसँगै लैजान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा मंगलबार आयोजित कार्यक्रममा उनले धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका बडिमालिका र रामारोशन क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिसँग जोड्न सकिने बताए ।
स्थानीय तह, समुदाय र निजी क्षेत्रको सहकार्यमा पर्यटन पूर्वाधार विकास गरिने उनले बताए । मुख्यमन्त्री शाहले बडिमालिका र रामारोशन क्षेत्रमा विद्यमान विविध समस्या र संरक्षणका सम्भावनाबारे गहन विचार–विमर्श गर्नुपर्नेमा जोड दिए।
उनले पर्यटन प्रवर्द्धन, सम्वर्द्धन तथा वन क्षेत्रको संरक्षणका लागि प्रदेश सरकारले कानुन निर्माण गरेको तथा आवश्यक ऐन, नियम तथा कार्यविधि निर्माण गर्न तयार रहेको स्पष्ट पारे ।
कार्यक्रममा बडिमालिका र रामारोशन वन क्षेत्रलाई दिगो रूपमा संरक्षण गर्दै स्थानीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो ।
वक्ताहरूले बडिमालिका र रामारोशन क्षेत्र जैविक विविधता, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि पूर्वाधारको अभाव समस्या विद्यमान रहेको उल्लेख गरेका छन् ।
यसैबीच बडिमालिका–रामारोशन वन संरक्षण क्षेत्रको सम्भाव्यता अध्ययन गर्न प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण