राष्ट्रिय सभा सदस्य निर्वाचन: लुम्बिनीमा तीन सदस्यका लागि मनोनयन दर्ता हुँदै
सारांश
- माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ।
- लुम्बिनी प्रदेशमा तीन क्लस्टरमा मनोनयन दर्ता हुने, जसमा एक अपाङ्गता, एक महिला र एक खुला सिट रहेका छन्।
- नेपाली कांग्रेस, एमाले र माओवादीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ, तर उनीहरू सहमतिमा उम्मेदवारी दिने तयारीमा छन्।
बुटवल । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । लुम्बिनी प्रदेशमा एक अपाङ्गता, एक महिला र एक खुला गरी तीनवटा क्लस्टरमा मनोनयन दर्ता हुने भएको छ ।
एमालेबाट निर्वाचित राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई र राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, माओवादीका जगप्रसाद शर्माको पदावधि फागुन २० मा सकिँदै छ ।
भट्टराई खुलाबाट, घिमिरे महिलाबाट र शर्मा अपाङ्गता क्लस्टरबाट त्यहाँ पुगेका थिए । प्रदेशमा रिक्त तीन सिटका लागि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच देखिन्छ । यद्यपि यी तीन दल सहमतिमै उम्मेदवारी दिने तयारीमा छन् ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कुवरका अनुसार लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८७ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१७ जना गरी कुल ३०४ जना मतदाता रहेका छन् । यही मतदातामार्फत राष्ट्रिय सभा सदस्यको चयन गरिने छ । उम्मेदवारी दर्ता लागि दलहरू आन्तरिक तयारीमा जुटेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण