लुम्बिनी प्रदेशमा नेकपाले ३ बजे उम्मेदवारी दर्ता गर्दै
सारांश
- नेकपाले लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उम्मेदवारी दर्ताको लागि निर्वाचन आयोगसँग समय माग्यो।
- कांग्रेस र एमाले गठबन्धनबाट बाहिरिएपछि नेकपाले छुट्टै उम्मेदवार खडा गर्यो।
- नेकपाले बृहस्पति अधिकारी, सर्जन विक र दुर्गा भण्डारीलाई उम्मेदवार बनाएको छ।
बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उम्मेदवारी दर्ताको लागि निर्वाचन आयोगसँग समय मागेको छ । कांग्रेस र एमाले गठबन्धनबाट बाहिरिएपछि सो पार्टीले छुट्टै उम्मेदवार खडा गरेर उम्मेदवारी दर्ताको लागि आयोगसँग समय मागेको हो ।
साबिक नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले उम्मेदवारी दर्ता गर्न जाँदै गरेको रातोपाटीलाई बताए । उनले काठमाडौँबाट कागजपत्र मगाउँदा अलि ढिलो हुने भएकाले ३ बजे निर्वाचन आयोग प्रदेश कार्यालयमा दर्ता गर्ने समय माग गरिएको बताए ।
नेकपाले लुम्बिनीमा अन्यतर्फ बृहस्पति अधिकारी, अपाङ्गतातर्फ सर्जन विक र महिलातर्फ दुर्गा भण्डारीको उम्मेदवारी टुङ्गो लगाएको छ । अधिकारी नवलपरासीको बर्दघाट निवासी हुन् । उनी तत्कालीन नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् ।
पाल्पा निवासी दुर्गा भण्डारी पनि समाजवादीकी नेतृ हुन् भने सर्जन विक जनयुद्धका घाइते हुन्। उनी बाँके निवासी हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण