सुदूरपश्चिममा कांग्रेसका खातीले गरे उम्मेदवारी दर्ता
बुधबार, २३ पुस २०८२, १४ : ५८
सारांश
- सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसका खम्मबहादुर खातीले उम्मेदवारी दर्ता गराएका छन्।
- कांग्रेस र एमालेबीचको सहमति अनुसार खातीले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिए।
- एमालेकी लीला भण्डारी, नेकपाबाट रोजी बस्नेत र टिकाराम जैशीले पनि उम्मेदवारी दर्ता गराए।
धनगढी । राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खातीले पनि उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार खातीले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पदमबहादुर शाहीको प्रस्ताव र एमालेका चक्रबहादुर मल्लको समर्थनमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघि एमालेकी लीला भण्डारीले पनि उम्मेदवारी दर्ता गराएकी छन् भने नेकपाका तर्फबाट महिलामा रोजी बस्नेत र अन्यमा टिकाराम जैशीले उम्मेदवारी दर्ता गराएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण