दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु
बिहीबार, २४ पुस २०८२, ०९ : २०
सारांश
- दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।
- बैतडीकी २४ वर्षकी झुपा राना घर लिपपोतको लागि माटो खन्ने क्रममा घाइते भएकी थिइन्।
- उपचारको लागि अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे।
धनगढी । दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।
बैतडीको डिलासैनी गाउँपालिका–३ सिमार बस्ने २४ वर्षकी झुपा राना आफ्नो घरदेखि १ किलो मिटर टाढा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ चौड स्थित घर लिपपोतको लागि बुधवार माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी थिइन्।
उनलाई उपचारको लागी गोकुलेश्वर अस्पताल गोकुलेश्वर, दार्चुला लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण