लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्षले लिए सपथ
बुटवल । लुम्बिनी प्रदेश लोक सेवा आयोगका नवनियुक्त अध्यक्ष हरिप्रसाद बस्याल र सदस्य ताराप्रसाद भुसालले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
अध्यक्ष बस्यालले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा सपथ लिएका हुन् भने सदस्य भुसालले आयोगका अध्यक्ष समक्ष शपथ ग्रहण गरेका छन् ।
आयोगका अध्यक्ष हरिप्रसाद बस्याललाई उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीले शपथ गराएका थिए । समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्ती मगर र मुख्य महान्यायाधिवक्ता यमलाल खनाल लगायतको उपस्थिति थियो ।
नेपालको संविधानको धारा २४४ तथा प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ३ बमोजिम नियुक्त आयोगका अध्यक्षले दफा ७ अनुसार कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीशसमक्ष सपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार नवनियुक्त अध्यक्ष बस्यालले सपथ ग्रहण गरेका हुन् ।
यस्तै आयोगका नवनियुक्त सदस्य भुसालले पनि अध्यक्ष बस्यालसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा ७ बमोजिम आयोगका सदस्यले अध्यक्षसमक्ष पद तथा गोपनीयताको सपथ लिने प्रावधान छ ।
नवनियुक्त अध्यक्ष बस्याल पाल्पा निवासी हुन् भने सदस्य भुसाल अर्घाखाँचीका बासिन्दा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण