डेरी एसोसिएसन लुम्बिनी प्रदेश अध्यक्षमा न्यौपाने सर्वसम्मत
सारांश
- लुम्बिनी प्रदेशको छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट थानेश्वर न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भयो।
- डेरी व्यवसायमा ६ लाख किसान आबद्ध रहेको र सरकारबाट उचित नीति नहुँदा समस्या रहेको पूर्वअध्यक्ष भण्डारीले बताए।
- नेपालको कुल ग्राहस्थ उत्पादनमा डेरी क्षेत्रको योगदान ९ प्रतिशत रहेको छ, लुम्बिनीमा १ हजार बढी डेरीहरु छन्।
बुटवल । नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट पुनः थानेश्वर न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् ।
गएराति बुटवलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्ष कमल प्रसाद भुसाल, सचिव विजय सापकोटा, कोषाध्यक्ष लेखनाथ भण्डारी, सहसचिव लीलाराम भुसाल (एलआर) तथा सदस्यहरूमा सन्दीप जैसवाल, लोकराज पोखरेल, काशीराम भट्टराई, कमल प्रसाद आचार्य, सनम शर्मा, नर्जन श्रेष्ठ, हरि देवकोटा (प्रकाश), पवन भट्टराई, जनदिप न्यौपाने, नवराज सापकोटा निर्वाचित भएको निर्वाचन समितिका संयोजक कृष्ण भट्टराईले बताए ।
यसअघि औपचारिक कार्यक्रमको नेपाल डेरी एसोसिएसन संघ केन्द्रीय पूर्वअध्यक्ष मेघराज भण्डारीले उद्घाटन गर्दै डेरी व्यवसायमा ६ लाख किसान आबद्ध रहेको तथा १ अर्ब भन्दा बढी राजश्व तिर्ने भएपनि सरकारबाट उचित नीति नहुँदा समस्यामा रहेको बताए । नेपालको कुल ग्राहस्थ उत्पादनमा डेरी क्षेत्रको योगदान ९ प्रतिशत रहेको छ ।
उद्योगका रुपमा हेर्दा ग्लोबल डेरी सबैभन्दा ठुलो लगानीमा स्थापना भएको छ । यसबाहेक २ सय बढी डेरीहरु छन । लुम्बिनीमा १ हजार बढी डेरीहरु रहेका छन । दैनिक कुल उत्पादनको करीब ५ लाख लिटर दुध डेरी उधोगमार्फत बजारमा बिक्री हुदै आएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण