सेती अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : सहमतिपछि तेस्रो दिन उठाइयो शव
धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि उत्पन्न विवाद समाधान भएसँगै तेस्रो दिन मृतकको शव उठाइएको छ ।
अस्पताल प्रशासन र पीडित पक्षबिच नवजात शिशुको लालनपालनमा आर्थिक सहयोग गर्ने सहमति भएपछि शुक्रबार साँझ परिवारले शव बुझेका हुन् ।
कैलालीको जोशीपुर गाउँपालिका–५ की ३३ वर्षीया राधिका नेपालीको पुस २३ गते शल्यक्रियामार्फत बच्चा जन्माएपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको थियो ।
अस्पतालले राधिकामा प्ल्यासेन्टा प्रिभिया विथ प्ल्यासेन्टा परक्रेटा साल पाठेघरको तल्लो भागमा बस्ने र पाठेघरको भित्ता छेडेर निस्कने नामक जटिल समस्या देखिएको जनाएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार यो अवस्थामा अत्यधिक रक्तस्राव हुने जोखिम रहन्छ। जसका कारण ७ पोका रगत चढाउँदा पनि उनलाई बचाउन सकिएन ।
यता, मृतकका आफन्तले भने नियमित चेकजाँच र भिडियो एक्सरे गर्दा उक्त जटिलताबारे जानकारी नगराइएको र शल्यक्रियाका क्रममा लापरबाही भएको भन्दै शव बुझ्न अस्वीकार गरेका थिए । उनीहरूले चिकित्सकमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै प्रहरीमा उजुरी समेत दिएका थिए ।
अन्ततः आज जिल्ला प्रशासन कार्यालयको पहलमा भएको छलफलमा अस्पतालले मृतककी छोरीको पालनपोषणका लागि सहयोग गर्ने लिखित कागज गरेपछि विवाद टुङ्गिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठले जानकारी दिए ।
मृतक राधिकाका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन् भने नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकसम्म सम्पन्न भएनन् काठमाडौँ उपत्यकाका यी आकासे पुल (तस्बिरहरू)
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण