बाँकेमा किशोरीको सामूहिक बलात्कार: अपराधीलाई राजनीतिक र धार्मिक संरक्षण नदिन चेतावनी
सारांश
- बाँकेमा १६ वर्षीया बालिका अपहरण र सामूहिक बलात्कारको घटनामा संघीय लोकतान्त्रिक गठबन्धनले कडा कानुनी कारबाहीको माग गरेको छ।
- गठबन्धनले घटनाका दोषीलाई कुनै पनि बहानामा उम्कन नदिन सरकारलाई सचेत गराउँदै जातीय, धार्मिक वा राजनीतिक संरक्षणको विरोध गरेको छ।
- गठबन्धनले पीडितलाई न्याय दिलाउन सडकदेखि सदनसम्म सङ्घर्ष गर्ने र यौनजन्य अपराधमा शून्य सहनशीलताको नीति लिन माग गरेको छ।
बाँके । बाँकेको डुडुवा गाउँपालिका–४ मा कक्षा ९ मा अध्ययनरत १६ वर्षीया बालिकामाथि भएको अपहरण र सामूहिक बलात्कारको घटनाका दोषीहरूलाई जुनसुकै हालतमा कडा कानुनी सजाय दिन संघीय लोकतान्त्रिक गठबन्धनले जोडदार माग गरेको छ।
घटनामा संलग्न रहेको आरोपमा सद्दाम खान, मैनुदिन खान, समीर खान, फिरोज खान र साहिद खानमाथि बालिका अपहरण गरी सामूहिक बलात्कार गरेको उजुरी परेको छ। यस अमानवीय घटनाप्रति गम्भीर आपत्ति जनाउँदै गठबन्धनले यसलाई संविधान, कानुनको शासन र लोकतान्त्रिक मूल्य–मान्यतामाथि सिधा आक्रमण भएको ठहर गरेको छ। जारी प्रेस नोटमा गठबन्धनले अपराधीको कुनै जात, धर्म वा राजनीतिक दल नहुने भन्दै दोषीलाई कुनै पनि बहानामा उम्कन नदिन सरकारलाई सचेत गराएको छ।
गठबन्धनले अपराधीले जातीय, धार्मिक वा राजनीतिक संरक्षण पाउँदा समाजमा दण्डहीनता बढ्ने र न्याय मर्ने चेतावनी दिएको छ। कसैले पद वा शक्तिको आडमा अपराधीलाई उन्मुक्ति दिन खोजेमा त्यस्तो व्यक्तिलाई समेत अपराधको समान मतियार मानेर कारबाही गर्नुपर्ने गठबन्धनको निष्कर्ष छ। यो घटनाले राज्यको सुरक्षा संयन्त्र र न्याय प्रणालीको प्रभावकारितामाथि समेत गम्भीर प्रश्न उठाएको छ।
न्यायका लागि पाँच बुँदे माग अघि सार्दै गठबन्धनले आरोपित सबैलाई तत्काल पक्राउ गरी पारदर्शी अनुसन्धान गर्न र पीडित बालिकालाई निःशुल्क उपचार, कानुनी सहायता तथा सुरक्षा उपलब्ध गराउन आग्रह गरेको छ।
साथै मानवअधिकारवादी संस्थाहरूलाई यस घटनाको सक्रिय निगरानी गर्न आह्वान गर्दै यौनजन्य अपराधमा शून्य सहनशीलताको नीति लिन राज्यको ध्यानाकर्षण गराइएको छ। पीडितले न्याय नपाएसम्म सडकदेखि सदनसम्म सङ्घर्ष जारी राख्ने गठबन्धनले चेतावनी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण