मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पाल्पामा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

शनिबार, २६ पुस २०८२, २२ : ११
शनिबार, २६ पुस २०८२

पाल्पा । यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत कुमराङ्गमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

रामपुरबाट भुजातर्फ जाँदै गरेको लु२०प ५८९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु६८प ८८०० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर आज बेलुका दुर्घटना भएको हो ।

दुर्घटनामा परी लु६८प ८८०० का चालक रामपुर नगरपालिका–८ पिल्टारका ५० वर्षीय डोलराज कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । दुर्घटनामा घाइते भएका कुमालको रामपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा अर्को मोटरसाइकलका चालक रामपुर नगरपालिका–८, धारापनीका २१ वर्षीय करण श्रेष्ठ र मोटरसाइकल पछाडि सवार सोही स्थानका २३ वर्षीय गिरमान श्रेष्ठ घाइते भएका छन् । दुवै जनाको रामपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप