मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम मन्त्रिपरिषद्का निर्णय : मृतक कैदीका परिवारलाई ५ लाख राहत र सडक मर्मत निर्देशिका स्वीकृत

आइतबार, २७ पुस २०८२, १३ : २२
आइतबार, २७ पुस २०८२

सारांश

  • सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा निधन भएका कैदी भरत चौधरीको परिवारलाई आर्थिक सहायता दिने निर्णय गरेको छ।
  • प्रदेश सरकारले सडक मर्मत प्रणालीलाई संस्थागत गर्न 'सडक मर्मत समूह निर्देशिका' स्वीकृत गरेको छ, जसले सडकको आयु बढाउनेछ।
  • बैठकले 'सुदूरपश्चिम प्रदेश वृत्ति मार्ग निर्देशन सेवा सञ्चालन कार्यविधि, २०८२' र जनस्वास्थ्य सेवा ऐन संशोधन विधेयकलाई पनि स्वीकृत गरेको छ।

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। आइतबार धनगढीमा बसेको बैठकले गत साउन २३ गते कैलाली कारागारमा दुई समूहबीच भएको झडपमा ज्यान गुमाएका कैदीबन्दी भरत चौधरीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णयलाई औपचारिकता दिएको छ। यसअघि प्रदेश सुरक्षा समितिको बैठकले मृतक चौधरीको परिवारलाई ५ लाख रुपैयाँ राहत दिने निर्णय गरेकोमा मन्त्रिपरिषद्ले त्यसलाई कार्यान्वयन गर्ने बाटो खोलेको हो।

यसैगरी बैठकले प्रदेशभित्र सडक मर्मत प्रणालीलाई संस्थागत गर्न ‘सडक मर्मत समूह निर्देशिका’ स्वीकृत गरेको छ। प्रदेश सरकारले निर्माण गरेका कालोपत्रे सडकहरूको नियमित मर्मतसम्भारका लागि अब मर्मत समूहमार्फत कार्य गरिनेछ। सरकारले हरेक वर्ष करिब २०० किलोमिटर कालोपत्रे सडक थप्दै आएको सन्दर्भमा नियमित मर्मत गर्दा सडकको आयु लामो हुने अपेक्षा गरिएको छ।

मन्त्रिपरिषद्ले ‘सुदूरपश्चिम प्रदेश वृत्ति मार्ग निर्देशन सेवा सञ्चालन कार्यविधि, २०८२’ लाई पनि स्वीकृत गरेको छ। साथै सुदूरपश्चिम जनस्वास्थ्य सेवा ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेस गर्न बैठकले स्वीकृति प्रदान गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप