पशुपक्षीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
नेपालगञ्ज । पशुपक्षीमा जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न आग्रह गरिएको छ । कृषि तथा खाद्य सङ्गठन (एफएओ) काठमाडाैँको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेको समन्वयमा आज भएको अन्तरक्रियामा सरोकार भएकाले पशुपक्षीमा जथाभावी एन्टिबायोटिकले समस्या बढाउने भएकाले प्रयोग नगर्न आग्रह गरिएको हो ।
बिरामी पशुपक्षीलाई पशु चिकित्सकको सल्लाहबिना उपचार गर्ने र अनावश्यक औषधिको प्रयोगले समस्या घट्नुको साटो बढ्दै गएको सरोकारवालाको भनाइ छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा गणेश पुनले पशुपालन गर्ने किसानले सम्बन्धित भेटेरिनरीसँग परामर्श गरेर मात्र औषधि प्रयोग गर्न आग्रह गरे । उनले बजार अनुगमनका क्रममा अनुगमनकर्तालाई अधिकार प्रत्यायोजन गर्न सके केही मात्रामा सुधार आउने उल्लेख गरे ।
भेटेरिनरी अस्पतालका अधिकृत भोजराज रावलले अनुगमन टोलीले दिएको निर्देशन खाद्य व्यवसायीले पालना नगर्ने भेटिएकाले यसमा सुधार ल्याउनुपर्नेमा जोड दिए । कुखुरा व्यवसायी मञ्चका अध्यक्ष धर्मराज पोखरेलले भारतबाट अवैध रूपमा भित्रने कुखुरा तथा माछा दाना र अण्डालाई रोक्न नसक्दा समस्या बढ्दै गएको गुनासो गरे ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख प्रशान्त पोखरेलले खाद्य वस्तुको स्वच्छता बिगार्ने प्रमुख कारकतत्व भौतिक, रासायनिक र जैविक भएकाले खाद्य सुरक्षामा गम्भीर बन्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण