नेकपामा उम्मेदवार आकाङ्क्षीको लर्काे, भीम रावलको नाम तीन वटा निर्वाचन क्षेत्रबाट सिफारिस
सारांश
- नेकपाले फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
- बाजुराबाट प्रकाश शाहको नाम सर्वसम्मत रूपमा एकल सिफारिस हुँदा अन्य जिल्लामा भने नेताहरू टिकटका लागि प्रतिस्पर्धामा छन्।
- कैलाली र अछाम लगायतका जिल्लामा उम्मेदवार बन्न चाहने नेताहरूको लामो सूचीले केन्द्रलाई छनोट गर्न कठिन पार्ने देखिन्छ।
धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । प्रदेशका ९ वटै जिल्लाबाट केन्द्रमा पठाइएको सिफारिस सूची हेर्दा अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार बन्न चाहने नेताहरूको भिड देखिएको छ ।
कैलाली, कञ्चनपुर, अछाम, डोटी लगायतका जिल्लामा एकै सिटका लागि कैयौँ नेता उम्मेदवार बन्न तम्सिएको परिस्थितिमा बाजुराबाट भने प्रकाश शाहको नाम सर्वसम्मत रूपमा एकल सिफारिस भएको छ ।
पार्टीको केन्द्रीय कार्यालयले पठाएको विशेष सर्कुलर अनुसार जिल्ला कमिटीहरूले उम्मेदवारको नाम टुङ्गो लगाउन बैठक डाकेका थिए । अन्य जिल्लामा सहमति जुट्न नसकेपछि आकाङ्क्षी सबैको नाम केन्द्रमा पठाइएको छ, तर बाजुरा जिल्ला कमिटीले भने प्रतिनिधि सभाको प्रत्यक्षतर्फका लागि प्रकाश शाहको नाममात्र सर्वसम्मत रूपमा सिफारिस गरेको हो । पार्टीभित्रको गुटबन्दी र आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थापन गर्दै सिङ्गो जिल्ला कमिटीले उनलाई निर्विकल्प नेताका रूपमा स्वीकार गरेको हो ।
शाह बाजुरामा सर्वसम्मत हुँदा अन्य जिल्लामा भने पार्टीका शीर्ष नेताहरू नै टिकटका लागि अन्तरसंघर्षमा छन् । एमालेका पूर्वउपाध्यक्ष समेत रहेका डा. भीम रावलको नाम तीन वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ । उनको गृहजिल्ला अछामको क्षेत्र नं १, कैलालीको क्षेत्र नं २ र क्षेत्र नं ५ बाटसमेत उनको नाम सिफारिस भएको छ ।
यस्तै सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टको नाम डोटी र कैलाली क्षेत्र नं ५ गरी दुई ठाउँबाट सिफारिस भएको छ । कञ्चनपुर–१ बाट पूर्वमन्त्री बिना मगरसँगै जम्मा ८ जना आकाङ्क्षी लाइनमा छन् ।
कैलालीका ५ वटै क्षेत्रमा उम्मेदवार आकाङ्क्षीको लर्काे छ । क्षेत्र नं १ मा हरि ज्ञवाली, भैरव रावल, सुरेन्द्र देवकर, प्रेम साउद लगायत ८ जनाको नाम सिफारिस गरिएको छ । यस्तै क्षेत्र नं २ मा डा. भीम रावल, लालबहादुर सोडारी, कर्णप्रसाद जैशी लगायत ६ जनाको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नं ३ मा बिरमान चौधरी, लाजुराम चौधरी, विपिन आचार्य लगायत ८ जनाको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नं ४मा दीर्घ सोडारी, कृष्णराज सुवेदी, हरिराम चौधरी, मिनराज बडु लगायत ९ जना र क्षेत्र नं ५ मा डा. भीम रावल, भानुभक्त जोशी, त्रिलोचन भट्ट, ओमप्रकाश पुन, सुशीला बुढाथोकी लगायत ११ जनाको नाम सिफारिस गरिएको हो।
अछामको क्षेत्र नं १ मा डा. भीम रावल पहिलो नम्बरमा सिफारिस भएका छन् । यद्यपि सो क्षेत्रमा कुलबहादुर कुँवर, लोकबहादुर बोहरा, शिवसुन्दर शाही लगायत ९ जनाको नाम सिफारिस गरिएको छ ।
यस्तै क्षेत्र नं २ मा शरद सिंह भण्डारी, भरतबहादुर साउद, रामप्रसाद तिमिल्सेना, शिवबहादुर बोगटी लगायत १० जनाको नाम सिफारिस गरिएको छ ।
कञ्चनपुरको क्षेत्र नं १ मा बिना मगर, लोकेन्द्र प्रसाद लम्साल, भक्तबहादुर अधिकारी लगायत ८ जना, क्षेत्र नं २ मा लालबहादुर खड्का, जयराज पाण्डेय, माधव प्रसाद पन्त लगायत ७ जना र क्षेत्र नं ३ मा मानबहादुर सुनार, हरक सिंह धामी, दिपक सिंह साउद लगायत ५ जनाको नाम सिफारिस गरिएको छ ।
यस्तै डोटीबाट पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, हर्कबहादुर सिंह, जग विक, अन्जिता श्रेष्ठ, वीरबहादुर थापा लगायत ८ जना सिफारिस भएका छन् ।
डडेल्धुरामा नेकपाबाट मानसिंह माल, अम्बरबहादुर बोहरा, निरादेवी जैरु र मुकुन्द प्रसाद भट्ट गरी ४ जना सिफारिस भएका छन् । बैतडीबाट नरेन्द्रबहादुर कुँवर विजयसुन्दर र परमानन्द भट्ट गरी २ जनाको नाममात्र सिफारिस भएको छ ।
यस्तै दार्चुलाबाट लक्ष्मण दत्त जोशी, ललित सिंह ठगुन्ना, मदन सिंह धामी, नरबहादुर विष्ट र गंगाकुमारी महरा गरी ५ जना सिफारिसमा परेका छन् ।
कैलाली र अछामजस्ता जिल्लामा देखिएको आकांक्षीहरूको लामो सूचीले केन्द्रलाई उम्मेदवार छनोट गर्न निकै सकस पर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकसम्म सम्पन्न भएनन् काठमाडौँ उपत्यकाका यी आकासे पुल (तस्बिरहरू)
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण