कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
सोमबार, २८ पुस २०८२, १४ : ३६
सारांश
- कपिलवस्तुको रोयल सिटी कटेज एन्ड रेस्टुरेन्टमा जुवा खेलिरहेका ६ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा रेस्टुरेन्ट सञ्चालक दिनेश थारु पनि रहेका छन्।
- प्रहरीले २ लाख ५६ हजार २ सय ९० रुपैयाँ र ३ बुक तास बरामद गरेको छ।
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एन्ड रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहित ६ जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको विशेष टोलीले आइतबार साँझ उनीहरूलाई जुवाको खालबाटै नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा रेस्टुरेन्ट सञ्चालक ३५ वर्षीय दिनेश थारु र अन्य ५ जना रहेका छन्।
प्रहरीले जुवाको खालबाट नगद २ लाख ५६ हजार २ सय ९० रुपैयाँ र ३ बुक तास समेत बरामद गरेको छ। विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई रङ्गेहात फेला पारेको हो।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालयमा राखेर थप कानुनी कारबाही र आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण