बैतडीमा जिप दुर्घटना हुँदा मृतकको संख्या ४ पुग्यो
धनगढी । बैतडीमा भएको बोलेरो जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। सोमबार बिहान जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–६ मोतिनगरबाट डडेलधुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जीप पाटन नगरपालिका–८ को विजयपुर नजिक दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो। दुर्घटनामा परी चार जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका–५ का २४ वर्षीय निसान्त बोहरा, सिगास गाउँपालिका–१ का २९ वर्षीय भानदेव भट्ट,सिगास गाउँपालिका–१ कि २९ वर्षीया बसन्ती ऐर, र डडेलधुराको आलिताल गाउँपालिका–३ चौरका १३ वर्षीय राकेश रावल रहेका छन्।
प्रहरी नायव उपरीक्षक दिपक कुमार रायका अनुसार बसन्ती ऐरको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने बाँकी तीन जनाको घटनास्थलमै ज्यान गएको थियो।
दुर्घटनामा परी ६ जना घाइते भएका छन्। उनीहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था मध्यमदेखि गम्भीर रहेको बताइएको छ।
दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण