मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बुटवलमा जनप्रतिनिधिसहित ७ जनाले छाडे नेकपा

मङ्गलबार, २९ पुस २०८२, २१ : ३८
मङ्गलबार, २९ पुस २०८२

बुटवल । साबिक नेकपा माओवादी केन्द्रमा रहेका बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विष्णु ढकालसहित नेताहरूले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा नरहेको घोषणा गरेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादीसहित कम्युनिस्ट घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको साधारण सदस्यता तथा पार्टीसँग सम्बन्धित सम्पूर्ण जिम्मेवारी र गतिविधिहरूबाट स्वेच्छाले परित्याग गरेको  ७ जनाले घोषणा गरेको जनाएका छन् । 

मंगलबार आज संयुक्त विज्ञप्ति जारी गर्दै साविक नेकपा माओवादी रुपन्देही सदस्य तथ अखिल नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ढकाल सहितले पार्टी छाडेका हुन् ।

त्यसरी पार्टी छाड्नेहरूमा नगर सचिवालय सदस्य जितेन्द्र खत्री, जिल्ला सदस्य लोक बहादुर नेपाली, नगर सचिवालय सदस्य नारायण गौतम, प्रदेश प्रतिनिधि शोभाखर पाण्डे ‘माधव’, जग बहादुर श्रेष्ठ, राजकुमार पाण्डे रहेका छन् । 

‘हामीले आफ्नो व्यक्तिगत सोच, अनुभव तथा वर्तमान राजनीतिक परिस्थितिको गम्भीर मूल्याङ्‌कनपछि लिएका हौँ । यो निर्णय कुनै व्यक्ति विशेषप्रति व्यक्तिगत असन्तुष्टिका कारण नभई आफ्ना विचार, सिद्धान्त र जनहितप्रतिको प्रतिबद्धताका आधारमा गरिएको हो’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप