गगन थापाको नेतृत्वमा गठित नयाँ कमिटीमा सुदूरपश्चिमबाट ११ जना अटाए
सारांश
- नेपाली कांग्रेसको नयाँ कार्यसमितिमा सुदूरपश्चिमबाट ११ जना निर्वाचित भएका छन्।
- बझाङका प्रकाश स्नेही रसाइली सह-महामन्त्रीमा निर्वाचित भए।
- कैलालीबाट सबैभन्दा धेरै सदस्यहरु केन्द्रीय सदस्य बनेका छन्।
धनगढी । नेपाली कांग्रेसको गगन थापा नेतृत्वको नयाँ कार्यसमितिमा सुदूरपश्चिमबाट ११ जना अटाएका छन् । विशेष महाधिवेशनपछि गएराति नयाँ कार्यसमिति घोषणा हुँदा सहमहामन्त्रीसहित केन्द्रीय कमिटीमा ११ जना अटाएका हुन् ।
सुदूरपश्चिम १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको गृह प्रदेश हो । नयाँ कार्यसमितिमा बझाङका युवा नेता प्रकाश स्नेही रसाइलीले सह–महामन्त्री (पदाधिकारी) को जिम्मेवारी पाएका छन्।
यसैगरी सदस्यहरुमा बझाङबाट जगत जोशी र बाजुराबाट जनक गिरी केन्द्रीय सदस्य बनेका छन् भने डोटीबाट भरत खड्का र कञ्चनपुरबाट सन्तोषी ऐर साउद निर्वाचित भएका छन्।
सबैभन्दा ठूलो सहभागिता कैलाली जिल्लाबाट रहेको छ। कैलालीबाट सुनिता राना, निपा चोखाल, सम्झना केसी, विजय स्वार र हिमबहादुर रावल केन्द्रीय सदस्य बनेका छन्। यस्तै, बैतडीबाट नरेन्द्र भट्टले पनि केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका छन्।
नेपाली कांग्रेस कैलालीका उपसभापति भीम बडुवालले नयाँ समीकरणसहित बनेको टिममा सुदूरपश्चिमले सम्मानजनक र शक्तिशाली उपस्थिति जनाएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण