मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

गगन नेतृत्वको कांग्रेसमा लुम्बिनीबाट को–को समेटिए ?

बिहीबार, ०१ माघ २०८२, १५ : ४९
बिहीबार, ०१ माघ २०८२

बुटवल । नेपाली कांग्रेस पार्टी विभाजनपछि गगन थापा नेतृत्वको कांग्रेसमा लुम्बिनी प्रदेशबाट उपसभापतिसहित एक दर्जन केन्द्रीय सदस्यहरू समेटिएका छन् । 

अर्घाखाँची निवासी पुष्पा भुसाल थापा नेतृत्वको कांग्रेसमा उपसभापति चयन भएकी छन् । 

उनी लामो समयसम्म शेरबहादुर देउवासँग नजिक रहेर काम गरेकी थिइन् । लुम्बिनीबाट उनीसहित ३० जना केन्द्रीय सदस्य समेटिएका छन् । 

केन्द्रीय सहमहामन्त्रीमा दाङका योगेन्द्र चौधरी परेका छन् । लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा पर्नेमा भरत शाह,राम बहादुर कार्की,अब्दुल रज्वाक रहेका छन्। उनीहरू तीनै जना रुपन्देही जिल्ला निवासी हुन्। शाह पूर्व सार्वजनिक लेखा समिति सभापति समेत हुन् भने अब्दुल रब्जाक लुम्बिनी प्रदेश सभा सदस्य  हुन् ।

गगन थापा नेतृत्वको नवनिर्वाचित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा दाङका तीन जना समेटिएका छन् । 

दाङको क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्ने केशव आचार्य केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। यस्तै क्षेत्र नं. १ का प्रदीप शर्मा र क्षेत्र नं.२ की लीला नेपाली समेटिएकी छन् ।

गुल्मीबाट छन्द बहादुर पहराई, बाँकेबाट मैकुलाल बाल्मिकी, बर्दियाबाट गोपाल दहित केन्द्रीय कार्यसमितिमा परेका छन् । 

यो प्रदेशबाट केन्द्रीय सदस्य अर्घाखाँचीका कमल भुसाल पनि परेका छन्। केन्द्रीय सदस्यमा महिलामा पवित्रा कुमारी अर्याल परेकी छन्। 

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सहित नेतृत्व सुरुदेखि नै विशेष महाधिवेशन पक्षमा खुलेर लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप