बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

बिहीबार, ०१ माघ २०८२, १९ : ०१
बिहीबार, ०१ माघ २०८२

बुटवल । दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बर बस र रिहारदेखि लमहीतर्फ आइरहेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकल बिहीबार एक आपसमा ठोक्किँदा लमही नगरपालिका–५ कोलही निवासी २२ वर्षीय विशाल चौधरीको मृत्यु भएको छ । उनी मोटरसाइलमा सवार थिए । 

बसमा सवार रहेका राप्ती गाउँपालिका वडा नम्बर ४ निवासी मिना ठकुरी, शिला परियार र मोटरसाइकल सवार लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी अशोक चौधरी र बस धनी सुशील वली घाइते भएका छन् ।

घाइतेहरूको लमही अस्पताल उपचार भइरहेको छ।बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप