मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

शुक्रबार, ०२ माघ २०८२, १० : १९
शुक्रबार, ०२ माघ २०८२

सारांश

  • महेन्द्रनगरमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
  • दुर्घटनामा गम्भीर घाइते भएका पुरुषको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भयो।
  • प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।

महेन्द्रनगर । बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार बसको ठक्करबाट एक जना पुरुष पैदलयात्रीको मृत्यु भएको हो ।

बसको ठक्करबाट परिचय नखुलेका एक पुरुष गम्भीर घाइते भएकामा उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा निजको मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए । बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप