मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
शुक्रबार, ०२ माघ २०८२, १६ : ०२
काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० स्थित सुकुटेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष गुवाजु छन् । उनी बागमती प्रदेश–०२–०२२ प ४७५७ नम्बरको मोटरसाइकल चालक हुन् ।
शुक्रबार बलेफीबाट बन्देउतर्फ आउँदै गरेका गुवाजुले चलाएको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१७ प ९५२८ नम्बरको मोटरसाइकलको पछाडि ठोक्किएको थियो ।
अगाडीको मोटरसाइकलसँग ठोक्किएर अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव खरेलले रातोपाटीलाई बताए । गुवाजुलाई सिन्धुसदावहार अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति तुरुन्त निरूपण हुनुपर्छ : एमाले
-
नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्नुपर्छ : निश्कल राई
-
करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
-
ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण