दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
शुक्रबार, ०२ माघ २०८२, १६ : ०६
बुटवल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
शुक्रबार क्षेत्र नम्बर १ को लमही नगरपालिका, क्षेत्र नम्बर २ को जिल्ला अदालत घोराही र क्षेत्र नम्बर ३ को उच्च सरकारी वकिलको कार्यालय तुलसीपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत कृष्ण नेपालले निर्वाचन लोकतन्त्रको आधार भएकोले राजनीतिक दल,सबै सरोकारवाला पक्षको पूर्ण साथ, सहयोग आवश्यक रहेको बताए।
सोही अवसरमा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले निर्वाचनलाई सफल बनाउने जिम्मेवारी सबैको भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण