मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पार्टीमा अधिनायकवाद मौलाएको भन्दै पौडेलले छाडे एमाले

शनिबार, ०३ माघ २०८२, १७ : ५५
शनिबार, ०३ माघ २०८२

बुटबल । नेकपा एमाले रुपन्देहीका नेता खुमकान्त पौडेलले पार्टी छाडेका छन् । 

रुपन्देही तिलोत्तमा नगरपालिका निवासी पौडेल २२ वर्षदेखि एमालेमा सक्रिय थिए । पौडेलले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दे आजदेखि पाटी छाडेका घोषणा गरेका हुन् । 

पौडेल तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ रुपन्देहीका अध्यक्ष, तीन कार्यकाल एमाले रुपन्देहीका सचिवालय सदस्य, इलाका र क्षेत्रीय कमिटी सदस्य रहेका थिए भने हाल नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य थिए । 

उनले सिद्धान्त, नीति र कार्यक्रमलाई आत्मसात गर्दै पार्टीको तल्लो तहदेखि विभिन्न जिम्मेवारीमा रही जिल्ला कमिटी सदस्य, क्षेत्रीय समिति सदस्य तथा निर्वाचन परिचालन कमिटीमा समेत बसेर काम गरेका थिए । तर पछिल्लो समयमा पार्टीमा असन्तुष्ट रहँदै आएका थिए । 

'पार्टीमा मौलाएको अधिनायकवाद, नातावाद, घुसखोरी, भ्रष्टाचार, अराजक केन्द्रीयकरण, गुटबन्दीकरणजस्ता प्रवृत्तिहरूले आजको मितिदेखि नेकपा एमालेको सदस्यता त्याग गरी गर्न बाध्य भए' उनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

यसअघि उनी एमालेबाट लुम्बिनी प्रदेश महान्याधिवक्तासमेत भएका थिए । एमाले नेता लीला गिरी मुख्यमन्त्री भएका बेला पौडेल महान्याधिवक्ता थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप