मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कराँचीको एउटा प्लाजामा भीषण आगलागी, ५ जनाको मृत्यु

आइतबार, ०४ माघ २०८२, ११ : १३
आइतबार, ०४ माघ २०८२

सारांश

  • कराँचीको सदर क्षेत्रमा रहेको प्लाजामा आगलागी हुँदा ५ जनाको मृत्यु भएको पुष्टि भयो।
  • आगलागी नियन्त्रणका लागि २० भन्दा बढी दमकल र पानी ट्याङ्कर परिचालन गरियो, र निभाउन १-२ दिन लाग्न सक्छ।
  • प्लाजामा १,२०० पसलहरू थिए जसमा प्लास्टिक फोम, कपडा, कार्पेट जस्ता ज्वलनशील पदार्थहरू थिए।

कराँची । पाकिस्तानस्थित कराँचीको एउटा प्लाजामा आगलागी हुँदा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । सो घटनामा २० जना घाइते भएका छन् ।  घटना कराँचीको सदर क्षेत्रमा शनिबार भएको हो । 

सदरमा ८ हजार वर्ग गजको भवनमा भयानक आगलागी भएको र यसलाई निभाउन एकदेखि दुई दिन लाग्न सक्ने आइतबार कराँची उद्धार सेवाका प्रवक्ता हसन खानले बीबीसी उर्दूलाई बताएका छन् ।

घटनामा ५ जनाको मृत्यु भएको पुष्टि गर्दै उनले आगो नियन्त्रण गर्न २० भन्दा बढी दमकल र पानी ट्याङ्करहरू घटनास्थलमा पुगेको बताए । गुल प्लाजामा १ हजार २०० पसलहरू रहेको बताइएको छ ।

ती पसलमा प्लास्टिक फोम, कपडा, कार्पेट र अत्तर जस्ता ज्वलनशील पदार्थहरू समेत भएको बताइएको छ । प्रवक्ता खानका अनुसार भवन धेरै पुरानो थियो । आगलागीमा भत्किने जोखिममा भएकोले उद्धार कार्य अत्यन्त सावधानीपूर्वक भइरहेको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप