रुपन्देही–२ मा प्रलोपाको उम्मेदवार नारायण नागिला
सोमबार, ०५ माघ २०८२, १३ : २३
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीले रुपन्देही-२ बाट नारायण नागिलालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।
- बुटवल उपमहानगरपालिकाका नागिला पार्टीको अध्यक्ष परिषदका सदस्य हुन्।
- नागिला माओवादी द्वन्द्वको समयमा शिक्षकको जागिर छाडेर राजनीतिमा सक्रिय भएका थिए।
बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ बाट नारायण नागिलालाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाएको छ।
बुटवल उपमहानगरपालिका–४ आदर्शनगर निवासी नागिला पार्टीको अध्यक्ष परिषदका सदस्य हुन्। पार्टीका रुपन्देही इन्चार्ज पंकज राईका अनुसार नागिलालाई रुपन्देही–२ बाट उम्मेदवार बनाउने निर्णय गरिएको हो।
नागिला तत्कालीन अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पस इकाइ अध्यक्ष रहँदै माओवादी सशस्त्र द्वन्द्वका बेला शिक्षकको जागिर छोडेर पार्टी राजनीतिमा सक्रिय भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
-
तस्बिरमा हेर्नुहाेस् मन्त्रीहरूकाे शपथ ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण