रास्वपाले रुपन्देहीमा ३ जनाको नाम टुंगो लगायो, बाँकी दुईमा छलफल जारी
सोमबार, ०५ माघ २०८२, १६ : ५१
बुटवल । प्रतिनिधि सभाको निर्वाचनका लागि रास्वपाले रुपन्देहीमा तीन जनाको नाम टुङ्ग्याएको छ ।
क्षेत्र नम्बर १ मा पार्टीका महामन्त्री सुनिल लम्साल एमालेका नेता दधिराम खरेलसँग भिड्नेछन् भने २ मा इन्जिनियर आशीष सुवेदी एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग भिड्नेछन् ।
यसअघि उपनिर्वाचनका बेला नै क्षेत्र नं ३ मा डा. लेखजंग थापाको नामलाई पार्टीले सर्वसम्मत गरिसकेको जनाएको छ ।
रुपन्देहीका अन्य दुई क्षेत्रमा नयाँ अनुहार ल्याउने विषयमा पार्टी आन्तरिक छलफलमा जुटेको जनाएको छ । रास्वपा स्रोतका अनुसार क्षेत्र नं ४ मा आजै लोसपाबाट राजीनामा दिएका कनैया बानियाँलाई टिकट दिइने भएको छ भने क्षेत्र नं ५ मा पनि पार्टी बाहिरका नेतालाई उम्मेदवार बनाउने विषयमा छलफल चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
-
तस्बिरमा हेर्नुहाेस् मन्त्रीहरूकाे शपथ ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण