मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसबाट उम्मेदवार सिफारिस भएका पूर्वएसएसपीलाई रास्वपाले दियो टिकट

सोमबार, ०५ माघ २०८२, १७ : ०८
सोमबार, ०५ माघ २०८२

बुटवल । कपिलवस्तुमा नेपाली कांग्रेसबाट उम्मेदवार सिफारिस भएका पूर्वपूर्व एसएसपी विक्रम सिंह थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट पाएका छन् ।  

कपिलवस्तु क्षेत्र नम्बर २ का लागि थापाले टिकट पाएका हुन् । गत निर्वाचनमा कांग्रेसबाट लुम्बिनी प्रदेश सदस्यमा उम्मेदवार भएका थापा करिब २ सय मतले पराजित भएका थिए ।

उनले नेपाली कांग्रेस छाडेको आज सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । आजै रास्वपाले उनलाई टिकट दिएको हो । महाधिवेशन प्रतिनिधिसम‍ेत रहेका थापालाई कांग्रेसले उम्मेदवार सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप