लुम्बिनीमा कांग्रेसका ५ उम्मेदवार टुंगो, अझै २१ वटा क्षेत्रमा बाँकी
बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले हालसम्म जम्मा ५ जना उम्मेदवारको टिकट टुंगो लगाएको छ ।
प्रदेशका २६ वटा निर्वाचन क्षेत्रमध्ये बाँकी २१ वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरू टिकटको प्रतीक्षामा छन् । हालसम्म टिकट वितरण गरिएकामध्ये एउटा निर्वाचन क्षेत्र भएका तीन जिल्लामा वितरण सम्पन्न भएको छ, जसमा रुकुम पूर्वमा कुसुम थापा मगर, रोल्पामा डा. सुदन ओली र प्युठानमा डा. गोविन्दराज पोखरेललाई टिकट प्रदान गरिएको छ ।
यस्तै दुई वटा निर्वाचन क्षेत्र रहेको गुल्मीको क्षेत्र नम्बर १ मा चन्द्र भण्डारी र क्षेत्र नम्बर २ मा भुवन श्रेष्ठलाई टिकट प्रदान गरिएको छ ।
रुकुम पूर्वमा कुसुम थापाले नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'सँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने रोल्पामा डा. ओलीले नेकपाकै वर्षमान पुनसँग र प्युठानमा डा. पोखरेलले एमालेका सूर्य थापासँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
गुल्मीमा चन्द्र भण्डारीले एमालेका प्रदीप ज्ञवालीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकाल पनि निर्वाचन मैदानमा रहेकाले यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ । यस्तै क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्टसँग श्रेष्ठको मुख्य प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
-
जहाँबाट सुरु हुन्छ समृद्धिको वास्तविक यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण