रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण
सारांश
- फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ।
- जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा अलग-अलग समय तालिका निर्धारण गरिएको छ।
- राजनीतिक दल र उम्मेदवारका लागि मनोनयन दर्ताको समय तोकिएको छ।
लुम्बिनी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । जिल्लामा रहेका पाँचवटै निर्वाचन क्षेत्रमा आज बसेको सर्वपक्षीय बैठकले सबै निर्वाचन क्षेत्रमा अलगअलग समय तालिका निर्धारण गरिएको जनाएको हो ।
जिल्लामा उम्मेदवार मनोनयनलाई व्यवस्थित र सभ्य बनाउन रुपन्देहीका पाँचवटै निर्वाचन अधिकृतको कार्यालयमा आज आयोजना गरिएका सर्वपक्षीय बैठकले राजनीतिक दल र उम्मेदवारको मनोनयन दर्ताका लागि अलगअलग समय तोकिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिए । उनका अनुसार आज बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म राजनीतिक दललाई आलोपालो गरेर मनोनयन दर्ताको समय तोकिएको छ ।
निर्धारित समयभित्र सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने स्वतन्त्र वा कुनै पनि राजनीतिक दलका उम्मेदवारको रितपूर्वक आएको उम्मेदवारी दर्ता गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
-
तस्बिरमा हेर्नुहाेस् मन्त्रीहरूकाे शपथ ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण