खजुरावासीको सास्ती सकिँदै : पेडारी नालाको चार लेन पुल सम्झौता अगावै सम्पन्न हुने
बाँके । नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग अन्तर्गत खजुराको पेडारी नालामा निर्माणाधीन चार लेनको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्धारित समयभन्दा निकै अगाडि नै काम सकिने भएपछि स्थानीय बासिन्दा र यात्रुहरूमा खुसी छाएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका अनुसार यो पुल निर्माणको सम्झौता २०८३ वैशाख १८ गतेसम्मका लागि भए पनि निर्माण कम्पनीले तीव्र गतिमा काम अघि बढाएको छ । योजना प्रमुख लीलाबहादुर भण्डारीले खजुरावासीले भोग्दै आएको वर्षौँदेखिको सास्ती अब केही समयमै अन्त्य हुने बताए । निर्देशनालयले कामको गतिसँगै गुणस्तर कायम राख्न नियमित कार्यस्थलमै पुगेर अनुगमन गरिरहेको छ ।
नेपालगन्ज–गुलरिया सडक खण्डकै 'लाइफ लाइन' मानिएको यो पुल २२ मिटर चौडाइ र ३४.४ मिटर लम्बाइको छ । यससँगै पुलको दुवैतर्फ दुई सय मिटर एप्रोच सडक पनि निर्माण गरिनेछ । नारायणम निर्माण सेवासँग भ्याटसहित ८ करोड ९६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको यस आयोजनाले बाँके र बर्दियाको आवागमनलाई सहज र सुरक्षित बनाउने विश्वास लिइएको छ ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले खजुरावासीको निरन्तरको पहल र सपना बल्ल पूरा हुन लागेको भन्दै उत्साह व्यक्त गरे । खजुरामा चार लेन सडक भए पनि वर्षौँ पुरानो साँघुरो पुलका कारण वर्षायाममा नालाको पानी सडकमा आउँदा यातायात घण्टौँसम्म अवरुद्ध हुने गर्थ्यो । नयाँ पुल निर्माणसँगै वर्षाको समयमा सडक डुबानमा पर्ने र यातायात रोकिने समस्या अब इतिहास बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण