ध्रुवबहादुर प्रधानले नवलपरासी-२ बाट गराए मनोनयन दर्ता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष तथा पूर्वसांसद ध्रुवबहादुर प्रधानले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
राप्रपाले देशभरका १६५ मध्ये १६० बढी क्षेत्रमा उम्मेदवार टुंगो लगाएकोमा प्रधानलाई पुरानै क्षेत्रबाटै टिकट दिएको हो । २०७९ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका प्रधानले यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवारी दिएका हुन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार देशभर उम्मेदवारहरूले मनोनयन दर्ता गराइरहेका छन् ।
प्रधानसहित राप्रपाका अन्य उम्मेदवारहरू पनि आ–आफ्नो क्षेत्रमा पुगेर मनोनयन दर्ता प्रक्रिया पूरा गर्दैछन् । यो क्षेत्रमा प्रधानको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग हुने देखिन्छ । यसअघिको निर्वाचनमा प्रधानले कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण