कांग्रेसबाट दुई जनाको उम्मेदवारी दर्तापछि आधिकारिकता विवाद, भोलि टुंग्याइने
सारांश
- नवलपरासी २ मा कांग्रेसबाट दुई जनाले टिकट ल्याएपछि आधिकारिता विवाद भएको छ।
- पूर्वमन्त्री देवेन्द्रराज कँडेल र भीमबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन्।
- निर्वाचन आयोगले भोलि दिउँसो ३ देखि ५ बजेसम्म विवाद टुंग्याउने बताएको छ।
बुटवल । नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट दुई जनाले टिकट ल्याएपछि आधिकारिता विवाद उत्पन्न हुने देखिएको छ ।
उक्त क्षेत्रमा पूर्वमन्त्री देवेन्द्रराज कँडेल र कांग्रेस नेता भीमबहादुर थापा (भरत) ले निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले दुवै जनालाई टिकट दिएपछि सुरुमा थापाले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए । त्यसपछि पूर्वमन्त्री कँडेलले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले थापाको उम्मेदवारीलाई ७ नम्बरमा दर्ता गरेको छ । कँडेल उम्मेदवारी दर्ताको तयारीका साथ निर्वाचन अधिकृतको कार्यालयमा आउँदै गर्दा थापाले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।
दुवै जनाको पार्टीको आधिकारिता पत्र प्राप्त भएपछि भोलि दिउँसो ३ बजेदेखि ५ बजेसम्म विवाद टुङ्ग्याउने सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पराजुलीले रातोपाटीलाई बताएका छन् । उनले भने, 'हामीले दुवै पत्र प्राप्त गरेका छौँ । अब दिउँसो ३ बजेदेखि ५ बजेभित्र टुङ्ग्याउनुपर्छ ।'
निर्वाचन आयोगले कँडेललाई दिएको पत्रमा पनि दुई जनाको मनोनयन पत्र दर्ता भएकोले छानबिन गरी निर्णय गर्ने कैफियत उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण