प्रतिनिधिसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
सारांश
- लुम्बिनी प्रदेशमा फागुन २१ गते हुने निर्वाचनका लागि ५६ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन्।
- रुपन्देहीमा सबैभन्दा बढी २१ जना महिलाले मनोनयन दर्ता गराएका छन् भने रोल्पामा एक जना पनि महिला उम्मेदवार छैनन्।
- प्रदेशका १२ जिल्लामा ५९९ जना उम्मेदवारले मनोनयन दर्ता गराएकोमा महिलाको संख्या ५६ रहेको छ।
दाङ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ५६ जना महिलाले मनोनय दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङले दिएको जानकारीअनुसार सबैभन्दा बढी रुपन्देहीमा २१ जना महिलाले मनोनयन दर्ता गराएका छन् भने रोल्पामा भने एक जना पनि महिला उम्मेदवार छैनन् ।
यसैगरी दाङ, बाँके, बर्दिया, गुल्मी र नवलपरासी पश्चिममा भने पाँच पाँचजना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै कपिलवस्तुमा चार, पाल्पा र रुकुम पूर्वमा दुई दुईजना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै अर्घाखाँची र प्युठानमा एक एकजना महिलाले उम्मेदवारी दर्ता गराएका हुन् ।
लुम्बिनी प्रदेशमा प्रमुख राजनीतिक दलबाट महिलाको उम्मेदवारी न्यू रहे पनि साना दल र स्वतन्त्रबाट महिलाको सहभागिता रहेको छ । प्रदेशका १२ जिल्लामा ५९९ जना उम्मेदवारले मनोनयन दर्ता गराएकोमा महिलाको सङ्ख्या ५६ छ । यसमा ३९४ जना विभिन्न राजनीतिक दलका र२०५ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण