बाँकेमा उम्मेदवारविरुद्ध उजुरी परेन
नेपालगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने विरुद्ध कुनै पनि उजुरी नपरेपछि बाँके जिल्लामा सबैको उम्मेदवारी कायम भएको छ ।
तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा आसन्न निर्वाचनका क्रममा विभिन्न राजनीतिक पार्टी र स्वतन्त्रसमेत गरी जम्मा ६१ जनाले उम्मेदवारी दिएका थिए ।
मुख्य निर्वाचन अधिकृत कार्यालय, नेपालगञ्जका सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार तोकिएको समय सीमाभित्र कुनै पनि उम्मेदवार विरुद्ध उजुरी नपरेपछि सबैको उम्मेदवारी कायम भएको छ ।
जिल्लाको तीन निर्वाचन क्षेत्रमा कूल तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन् । यसमध्ये १ नम्बर निर्वाचन क्षेत्रमा एक लाख २४ हजार ७२७, निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख आठ हजार २९० र निर्वाचन क्षेत्र नम्बर ३ मा एक लाख १७ हजार ३५४ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण