मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बिहीबार, ०८ माघ २०८२, २१ : ३८
बिहीबार, ०८ माघ २०८२

सारांश

  • मकवानपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
  • हेटौँडा-काठमाडौँ सडक खण्डमा ट्रक र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भयो।
  • विद्युतको ट्रान्समिटर बनाउने क्रममा करेन्ट लाग्दा एक कामदारको मृत्यु भयो।

हेटौँडा । मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक खण्डअन्तर्गत मकवानपुरको बकैयाँ गाउँपालिका–११ आँपचौरमा ट्रक र स्कुटर ठोक्किँदा स्कुटर चालक पर्साको वीरगञ्ज महानगरपालिका–१० पानीट्याङ्कीका ५० वर्षीय अनुराग श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

जितपुरको भञ्ज्याङबाट ठिङ्गनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ क ०९५२ नम्बरको ट्रक र मधेस प्रदेश ०३–०३९ प ५६४४ नम्बरको स्कुटर एकापसमा ठोक्किएका हुन् ।

यस्तै, हेटौँडा उपमहानगरपालिका–१७ सानोगङ्टेमा करेन्ट लागेर विद्युतको ट्रान्समिटर बनाउने कामदारको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार विद्युतको ट्रान्समिटर बनाउने क्रममा करेन्ट लागेर मनहरी गाउँपालिका–५ वसन्तपुरका २७ वर्षीय आदर्श भट्टराईको मृत्यु भएको हो ।

गम्भीर घाइते उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप