मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

तारकेश्वरको एक घरबाट १६ लाखभन्दा बढीको धनमाल चोरी

शुक्रबार, ०९ माघ २०८२, १५ : १९
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • काठमाडौंको तारकेश्वरमा एक घरबाट करिब १६ लाखको धनमाल चोरी भएको छ।
  • चोरीमा सुनका गहना र नगद लगायतका सामानहरू थिए।
  • प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र चोरहरूको खोजी गरिरहेको छ।

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा एक घरबाट लाखौँको धनमाल चोरी भएको छ। स्थानीय ४३ वर्षीय मोहन बाबु श्रेष्ठको घरमा गए राति अज्ञात समूहले सुनका विभिन्न गरगहना र नगदसहित करिब १६ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको हो।

चोरी भएको धनमालमा महँगा सुनका गहना र उल्लेख्य नगद रहेको बताइएको छ। प्रहरीले घटनाको सूचना पाउनेबित्तिकै घटनास्थल पुगेर मुचुल्का उठाएको छ र अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। 

चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेकाले उनीहरूको खोजीका लागि महानगरीय प्रहरी वृत्त र मातहतका टोलीहरू परिचालन गरिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप