मधेस प्रदेश कुष्ठरोगको उच्च जोखिममा, ६ जिल्लामा ८५७ नयाँ संक्रमित
जनकपुरधाम । मधेस प्रदेश कुष्ठरोगको उच्च जोखिममा परेको पाइएको छ । भारतसँग खुला सिमाना, घना बस्ती तथा जनघनत्व बढी भएका कारण मधेस प्रदेशमा देशकै सबैभन्दा धेरै कुष्ठरोगी रहेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन राजी यादवले जानकारी दिए ।
यादवका अनुसार देशभरका कुल कुष्ठरोगीमध्ये करिब ३६ प्रतिशत मधेस प्रदेशमै छन् । विश्व कुष्ठरोग दिवसको ७३औँ अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा मधेस प्रदेशका ६ जिल्लामा ८५७ जना नयाँ कुष्ठरोगी फेला परेको तथ्य सार्वजनिक गरिएको हो ।
देशभर नयाँ कुष्ठरोगीको संख्या २ हजार ४०९ पुगेको छ । यस्तै औषधि सेवन गरी उपचार गराइरहेका कुष्ठरोगीको संख्या ८०५ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार मधेस प्रदेशका सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सबैभन्दा बढी कुष्ठरोगी रहेका छन् । प्रदेशगत रूपमा मधेसपछि लुम्बिनी प्रदेशमा बढी कुष्ठरोगी भेटिएका छन् । संघीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा ५७९ जना कुष्ठरोगी रहेका छन् ।
कुष्ठरोगका कारण अङ्गभङ्ग भएका १५४ जनामध्ये मधेस प्रदेशमा मात्रै ५८ जना छन् । नयाँ संक्रमितमध्ये १,०१२ जना महिला रहेकोमा मधेस प्रदेशमा ३७८ जना महिला छन् । जिल्लागत रूपमा बारामा सबैभन्दा बढी कुष्ठरोगी रहेको निर्देशनालयले जनाएको छ ।
नेपालमा सन् २०१९ मा कुष्ठरोगीको संख्या ३,२८२ रहेकोमा सन् २०२४/२५ मा घटेर २,४०९ पुगेको छ । यद्यपि, रोग लुकाउने प्रवृत्ति कायमै रहेकाले संक्रमण दर र अपाङ्गता दर अझै उच्च रहेको धनुषाका जनस्वास्थ्य प्रशासक उमेश यादवले बताए । उनका अनुसार सामाजिक विभेद, अभिलेख व्यवस्थापन कमजोर हुनु, सरकारी प्राथमिकतामा नपर्नु, दक्ष जनशक्तिको अभाव र खुला सिमाना मुख्य चुनौतीका रूपमा रहेका छन् ।
लालगढ कुष्ठरोग अस्पतालका तालिम अधिकृत अरविन्द शाहका अनुसार कुष्ठरोग श्वासप्रश्वासमार्फत सर्ने भएकाले संक्रमित व्यक्तिसँग हप्तामा २० घण्टाभन्दा बढी सम्पर्क भएमा स्वस्थ व्यक्तिमा संक्रमणको जोखिम बढ्ने गर्दछ ।
नेपाल सरकारले कुष्ठरोगको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । छ महिनाको नियमित औषधि सेवनपछि रोग निको हुने र अरूमा सर्न नदिने भएकाले समयमै पहिचान र उपचार अत्यन्त आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण