बुटवलमा सुशासन र युवाका एजेन्डा बोक्ने उम्मेदवारको खोजी
बुटवल । निर्वाचन नजिकिँदै जाँदा रुपन्देही क्षेत्र नम्बर २ का युवाहरूले बुटवलमा भेला गर्दै सुशासन र युवाहरूको एजेन्डा बोक्ने उम्मेदवार आवश्यक पर्ने कुराको माग गरेका छन् ।
विभिन्न पेसा, व्यवसायमा आबद्ध करिब २ सय युवाहरूको आज शंकरनगरको बनवाटिकामा भएको भेलामा सहभागीहरूले युवाहरूको मत खेर नजाने तथा युवाका एजेन्डाका साथै मुलुकमा सुशासन कायम गर्ने उम्मेदवारलाई मत दिनुपर्ने बताएका छन् ।
फरक–फरक पेसामा आबद्ध तर राजनीतिमा सक्रिय नभएका ती युवाहरूको भेलाको संयोजन तथा नेतृत्व व्यवसायी एवं सामाजिक क्षेत्रमा क्रियाशील होविन्द्र कार्की, सुमित गुरुङ, रविन श्रेष्ठ र पुरन रानाले गरेका थिए।
भेलामा विकास निर्माणमा पारदर्शिता, स्वदेशमा नै युवाहरूले गरिखाने वातावरण निर्माण तथा भ्रष्टाचार न्यूनीकरणका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट मनोनयन गरेका उम्मेदवारमध्ये योग्यलाई मत दिन सकिने कुरामा सबै एकमत भएका छन् ।
होविन्द्र कार्कीले आफूहरू कुनै राजनीतिक दलमा आबद्ध नभई विभिन्न पेसा, व्यवसायमा संलग्न बुटवलका युवाहरूको भेलाबाट युवाका एजेन्डा र सुशासन कायम गर्ने उम्मेदवारलाई सहयोग गर्ने स्पष्ट पारे । उनले बुटवलको विकास र वर्तमान आवश्यकताअनुसार युवाहरूले मतदान गर्ने कुरामा सबै एकजुट भएको समेत प्रस्ट्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारत सम्बन्ध ‘रिसेट’
-
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण : ‘सन्तुलित कूटनीति’ मुख्य एजेण्डा
-
अबदेखि मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उपत्यका बाहिर
-
अध्यादेशबाट पदाधिकारी हटाउने विवाद सम्बन्धी मुद्दा : सर्वोच्च बार र नेपाल बारबाट ८ जना 'एमिकस क्युरी' पठाइयो
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण