हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित
रुकुम पूर्व । रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा गएरातिदेखि भारी हिमपात भइरहेको छ । हिमपात र वर्षाका कारण अत्यधिक चिसो बढेको छ ।
यो यस वर्षको दोस्रो हिमपात हो । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, भूमे गाउँपालिकाको उच्च लेकाली क्षेत्र र सिस्ने गाउँपालिकाको १, २ र ४ नं वडामा हिमपात भइरहेको छ ।
हिमपातले चिसो अत्यधिक बढेपछि सर्वसाधारण घरभित्रै रहेको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका विकास पुनले बताउनुभयो । “अहिले पनि निरन्तर हिमपात भइरहेको छ”, उनले भने, “हिमपातका कारण मानिसलाई दैनिक कामकाज गर्न र वस्तुभाउलाई घाँसपात गर्न समस्या भइरहेको छ ।”
हिमपातले हिमालदेखि डाँडाकाँडा सेताम्य भएको पुथा उत्तरगङ्गा गाउँपालिका– ५ का वडाध्यक्ष टीकासाइ घर्तीले बताए । “आकाशे पानीको भरमा खेतीपाती गर्ने किसान पनि हिमपात र वर्षाले निकै खुसी छन्”, उनले भने, “हिउँ परेपछि हिउँ खेल्ने र रमाउनेको पनि जमात बढेको छ ।”
हिमपातका कारण रुकुम पूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । हिमपातमा फसेका यात्रुहरुको उद्धार जारी राखिएको छ ।
काठमाडौँबाट रुकुम पूर्वसहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बस पातिहाल्नामा फसेका छन् । तीन सयको हाराहारीमा अलपत्र यात्रुलाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
-
ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
-
राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक
-
प्रतिनिधि सभा बैठक |LIVE||
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण