सवैया साझेदारी वनले पायो ३ वर्षपछि नयाँ कार्यसमिति
सारांश
- सवैया साझेदारी वन उपभोक्ता समूहमा लखन साह कानुको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।
- साधारण सभा ३ वर्षपछि सम्पन्न भएको हो, जसमा पदाधिकारीहरू निर्विरोध निर्वाचित भए।
- नयाँ कार्यसमितिले वन क्षेत्र विस्तार र उपभोक्ताका समस्या समाधान गर्ने योजना बनाएको छ।
पर्सा । सवैया साझेदारी वन उपभोक्ता समूहमा लखन साह कानुको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सो साझेदारी वनले ३ वर्षपछि नयाँ कार्यसमिति पाएको हो ।
बिहीबार सम्पन्न साधारण सभाले उपाध्यक्षमा अस्लम आलम र ३२ वडाबाट वडास्तर प्रतिनिधिका रूपमा शेख नेसार अन्सारीलाई निर्विरोध चयन गरेको छ । नयाँ कार्यसमितिमा एक अध्यक्षसहित ७ जना खुला सदस्य, एक–एक जना आदिवासी जनजाति र दलित समुदायबाट सदस्य चयन हुने व्यवस्था छ ।
साथै ३ जना महिला सदस्य, वीरगञ्ज महानगरपालिका र पर्सागढी नगरपालिकाको कार्यपालिकाबाट १/१ जना सदस्य तथा डिभिजन वन अधिकृतले खटाएका एक जना सहायक वन अधिकृत गरी कुल १७ जनाको कार्यसमिति रहनेछ । अध्यक्ष लखन साह कानुले सबै कार्यसमिति सदस्य सर्वसम्मत रूपमा चयन भएको जानकारी दिँदै आइतबार सबैको नाम सार्वजनिक गरिने बताए ।
२०६२ सालमा स्थापना भएको सवैया साझेदारी वन उपभोक्ता समूह नेपालको पहिलो तथा सबैभन्दा पुरानो साझेदारी वन समूह हो । २०७९ भदौ १६ गतेदेखि नयाँ कार्यसमिति गठनका लागि प्रक्रिया सुरु भए पनि प्रतिनिधि छनोटसम्बन्धी विवाद अदालतसम्म पुगेपछि साधारण सभा गर्न ३ वर्ष ५ महिना कुर्नुपरेको हो । कार्यसमिति चयन ढिलाइ हुँदा उपभोक्ताले ३ वर्षदेखि काठ–दाउरा प्राप्त गर्न सकेका थिएनन् । सो साझेदारी वनमा ३ वर्षअघि कटान गरिएको २० हजार क्युफिट काठ घाटगद्दीमै कुहिन थालेको छ । अध्यक्ष कानुले वनबाट उत्पादन भएको काठ–दाउरा ढिलाइ नगरी उपभोक्ताको आवश्यकताका आधारमा वितरण गरिने बताए ।

‘आन्तरिक विवादका कारण साधारण सभा हुन नसक्दा अढाई वर्षदेखि काठ वितरण रोकिएको थियो । आज नयाँ कार्यसमिति चयन भएकामा म अत्यन्त खुसी छु,’ अध्यक्ष कानुले भने, ‘आजदेखि वन संरक्षणसँगै ३२ वटै वडाका जनताको समस्या समाधान हुने विश्वास लिएको छु ।’
सवैया साझेदारी वन पर्सा जिल्लाको उत्तरी भेगमा ३ हजार १८८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वीरगञ्ज महानगरपालिकाका ३० वटा वडा र पर्सागढी नगरपालिकाका वडा नम्बर ३ र ४ गरी ३२ वटा वडा यस वन समूहअन्तर्गत पर्दछन् ।
२०७२ सालको जनगणनाअनुसार ३९ हजार ७७४ घरधुरीका २ लाख ४१ हजार ८०८ उपभोक्ता यस साझेदारी वनमा आबद्ध छन् । अध्यक्ष कानुले नयाँ कार्यसमितिले दक्षिणी भेगका खाली भूभागमा वृक्षरोपण गरी वन क्षेत्र विस्तार गर्दै लैजाने योजना रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण