हिउँदे वर्षाले काँचो इँटामा क्षति
नेपालगञ्ज । दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति पुगेको छ ।
यहाँस्थित एउटा भट्टामा ५० लाखदेखि एक करोड थान तयार पारेर सुकाउन राखिएको काँचो इँटामा क्षति पुगेको इँटा व्यवसायी सङ्घ लुम्बिनीका उपाध्यक्ष दीपक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकेमा मात्रै करिब रु १० करोडको इँटा नोक्सानी भएको छ ।
उपाध्यक्ष अधिकारीले काँचो इँटामा क्षति पुगेपछि यसको असर उत्पादनमा पर्ने भएकाले इँटाको भाउ बढने सङ्केत गर्नुभयो । “उत्पादन भएको इँटामा क्षति भएपछि यसको प्रभाव इटाँको बजार भाउमा पनि पर्न सक्छ”, उनले भने ।
अधिकारीले काँचो इँटाको बिमा गर्न नमिल्ने भएकाले व्यवसायीले वर्षामा क्षति व्यहोर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पानीले भिजेका कुनै इँटा काम नलाग्ने बताए।
जिल्लामा रहेका करिब ७० इँटा उद्योग र बर्दियामा रहेका करिब २३ इँटा उद्योगमा तयारी अवस्थामा रहेका काँचो इँटामा वर्षाले क्षति पुर्याएको छ । विगतमा माघ १ गतेपछि मात्रै इँटाभट्टा सञ्चालन हुने भएकाले अहिले इँटा पकाउन तयारी अवस्थामा रहेको समयमा पानी परेपछि क्षति भएको व्यवसायीले जनाएका छन् ।
करिब रु चार करोड लगानी रहेको इँटा उद्योगमा ३०० हाराहारीमा जनशक्ति छन् । एउटा इँटालाई रु १५ पर्छ । बाँकेको नेपालगञ्जबाहेक खजुरा, जानकी, नरैनापुर, डुडुवा, राप्तीसोनारीलगायत स्थानमा इँटाभट्टा सञ्चालनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
-
चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति
-
साँघुरो चिडियाखानाका सुख-दुःख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण