सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
सर्लाही । छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता नगरपालिका र चन्द्रनगर गाउँपालिकामा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका–४ रहुवामा उखुको लोडले च्यापिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मप्र०३–००१त ७९०५ नम्बरको ट्रयाक्टर चालक रौतहटको राजदेवी नगरपालिका–६ मोहनपुरका ३० वर्षीय राजु पटेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राई जानकारी दिए ।
हुलाकी सडकखण्डअन्तर्गत गडहियाबाट बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लिएर जाँदै गरेका पटेलले चलाएको ट्रयाक्टरमा एक्कासी ब्रेक लगाउँदा उखुको भारी चिप्लिएर पटेललाई थिचेको थियो ।
तत्काल उद्धार गरी प्रादेशिक अस्पताल पुर्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरी प्रवक्ता राईले जानकारी दिए । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको र घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, सर्लाहीको चन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । चन्द्रनगर गाउँपालिका–२ बिर्ताटोलमा भारतीय बिआर३०एपी ३०३७ नम्बरको मोटरसाइकलले चन्द्रनगर–२ बरकुर्वाकी ६५ वर्षीया शान्तिदेवी ठाकुरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता राईले जानकारी दिए ।
घाइते ठाकुरको अमृत हेल्थ केयर बयलबासमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो । न्यूरो अस्पताल वीरगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न सवारी र चालक चन्द्रनगर गाउँपालिका–३ बरकुर्वाका २० वर्षीय विशाल महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण