रास्वपा सप्तरीका केही नेता कार्यकर्ता जसपा नेपाल प्रवेश
राजविराज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विष्णुपुर गाउँपालिका नेता मुनिलाल खंगसहित केही कार्यकर्ता शनिबार परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीलाई माला र टीका लगाएर पार्टीमा प्रवेश गराएका हुन् । तत्कालीन जमुनी मधेपुरा गाउँ विकास समितिका पूर्वअध्यक्ष उनी केही दिनअघि रास्वपा प्रवेश गरी स्थानीयस्तरमा सक्रिय हुँदै आएका थिए ।
सप्तरी क्षेत्र नम्बर ३ को जमुनी मधेपुरामा शनिबार आयोजित अगुवा कार्यकर्ता भेटघाटका क्रममा खंगसहित कार्यकर्ता तथा समर्थकहरू पार्टीमा प्रवेश गरेसँगै त्यस क्षेत्रमा जसपा नेपाल झन् बलियो भएको पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले बताए ।
मधेस र मधेसी जनताको हक अधिकारका लागि जनता समाजवादी पार्टी नेपाल लड्दै आएको तथा मधेसी जनताको भविष्य पनि यसमै रहेकोले आफू जसपा नेपालमा प्रवेश गरेको खंगले बताए । सप्तरी जिल्ला विकासको दृष्टिकोणले अझै पछाडि रहेकोले विकास र समृद्धिका लागि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई आआफ्नो स्थानबाट भारी मत दिएर आमजनताले सहयोग गर्न समेत उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण