स्वीस स्की रिसोर्टमा भएको आगलागीमा मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो
सारांश
- स्विट्जरल्यान्डको क्रान-मोन्टाना स्की रिसोर्टमा आगलागीमा घाइते एक किशोरको मृत्यु भयो, जसले गर्दा मृत्यु हुनेको संख्या ४१ पुग्यो।
- जनवरी १ मा 'ले कन्स्टेलेसन' बारमा लागेको आगो आधुनिक स्विट्जरल्यान्डको सबैभन्दा घातक दुर्घटनामध्ये एक बन्यो, जसमा ११५ जना घाइते भए।
- अनुसन्धानकर्ताका अनुसार शैम्पेन बोतलको स्पार्कलरबाट आगो लागेको र बारका मालिकविरुद्ध लापरबाहीको आरोपमा अनुसन्धान सुरु भएको छ।
जेनेभा । स्विट्जरल्यान्डको क्रान–मोन्टाना स्की रिसोर्टमा नयाँ वर्षको राति बार भएको आगलागीमा घाइते एक किशोरको मृत्यु भएको छ । योसँगै घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४१ पुगेको छ ।
वालिस क्यान्टनका सरकारी अभियोजक बेआत्रिस पिलुदका अनुसार १८ वर्षीय स्विस नागरिकको जनवरी ३१ मा जुरिख अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जनवरी १, २०२६ मा ‘ले कन्स्टेलेसन’ बारको भूमिगत तहमा लागेको आगलागी आधुनिक स्विट्जरल्यान्डको सबैभन्दा घातक दुर्घटनामध्ये एक मानिएको छ ।
घटनामा ११५ जना घाइते भएका थिए, जसमध्ये अधिकांश अझै अस्पतालमै उपचाररत छन् । मृतकमध्ये धेरैजसो १४ देखि ३९ वर्ष उमेरका थिए । मृत्यु हुनेमा बहुसङ्ख्यक किशोर–किशोरी रहेको अधिकारीहरूले बताएका छन् । मृतकमा २३ जना स्विस नागरिक र १८ जना विदेशी छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार शैम्पेन बोतलमा जोडिएको स्पार्कलर छतको ध्वनि–रोधक फोमको धेरै नजिक पुगेपछि आगो सल्किएको मानिएको छ । सन् २०१९ यता सो बारमा अग्निसुरक्षा जाँच नगरिएको पाइएको छ । बारका मालिक फ्रान्सेली दम्पती ज्याक र जेसिका मोरेत्तीविरुद्ध लापरबाहीपूर्वक मृत्यु गराएको आरोपमा आपराधिक अनुसन्धान सुरु गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण