घरदैलोमा रहेका प्रलोपाका उम्मेदवार भन्छन्ः मतदाताको समर्थन पाइरहेको छु
रौतहट । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रौतहट नम्बर २ मा उम्मेदवार रहेका सुरेन्द्र प्रसाद जयसवाल (अशोक)ले शनिबार राजपुर नगरपालिका–४ र ५ मा घरदैलो कार्यक्रम गरेका छन् ।
घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको उनले बताए । मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै चुनावी एजेन्डाबारे जानकारी गराइएको र स्थानीय समस्या समाधानका विषयमा छलफल भएको जनाइएको छ ।
उम्मेदवार जैसवालले घरदैलो कार्यक्रममा सहभागी भएका स्थानीयवासीप्रति धन्यवाद व्यक्त गर्दै मतदाताको समर्थन आफूलाई प्राप्त भइरहेको दाबी गरे । चुनावी प्रचारप्रसार प्रभावकारी रूपमा अघि बढिरहेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा जनताबाट व्यापक समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे ।
घरदैलो अभियानमा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता थियो । अभियान अन्तर्गत विभिन्न टोलमा पुगेर मतदातासँग अन्तरक्रिया गर्ने कार्यक्रमलाई निरन्तरता दिइने पार्टीले जनाएको छ ।
प्रलोपाले यस निर्वाचनमा स्थानीय विकास, सुशासन र रोजगारीका मुद्दालाई प्राथमिकतामा राखेर चुनावी अभियान सञ्चालन गरिरहेको जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण