घर तथा भवन नक्सासम्बन्धी अभिलेखीकरण सुरु
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले घर तथा भवन नक्सासम्बन्धी अभिलेखीकरण प्रक्रिया सुरु गरेको छ । उपमहानगरपालिका कार्यालयले नक्सा स्वीकृत नगरी निर्माण गरिएका तथा स्वीकृत नक्सामा हेरफेर गरी बनाइएका घर तथा भवनको अभिलेखीकरण प्रक्रिया सुरु गरेको जनाएको छ ।
गत असार ३० गते सम्पन्न १३ औँ नगरसभाको निर्णयअनुसार आइतबारदेखि वैशाख २५ गतेसम्म तीन महिनाभित्र आवश्यक कागजातसहित निवेदन दिई प्रक्रियामा आउन आग्रह गरिएको नगरप्रमुख मनोजकुमार साहले जानकारी दिए ।
उपमहानगरपालिकाभित्र प्रचलित कानुनबमोजिम नक्सा पास नगरी बनाइएका वा स्वीकृत नक्सामा परिवर्तन गरी निर्माण गरिएका संरचनालाई कानुनी दायरामा ल्याउने उद्देश्यले अभियान सुरु गरिएको र उक्त अवधिभित्र निवेदन दिने भवनधनीको हकमा कुनै कारबाही नहुने उनले बताए ।
अभिलेखीकरणका लागि जग्गाधनी प्रमाणपुर्जा, घरजग्गा कर तिरेको रसिद, नागरिकता, नापी नक्सा, इन्जिनियरको प्रमाणपत्र, घरको तस्बिर, फुटप्रिन्टलगायत कागजात अनिवार्य रूपमा पेस गर्नुपर्ने उपमहानगरपालिकाले जनाएको छ । साथै बाटो प्रष्ट नभएको अवस्थामा वडा कार्यालयको सिफारिससमेत आवश्यक पर्ने भनिएको छ ।
यसैगरी संस्थागत भवनका लागि उद्योग तथा कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्धपत्र, संस्थाको निर्णयलगायत थप कागजातसमेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
“नक्सा पास गरेर होस् वा नगरेर बनाइएका घर तथा भवनको अभिलेखीकरण गर्छौं । तोकिएको समयमा प्रक्रियामा आएकालाई कुनै कारबाही नगरी नियमानुसार नियमित गर्छौं, तर समयसीमा नाघेर आएका निवेदनमाथि कुनै प्रक्रिया अघि बढाइने छैन । यससम्बन्धी काम भू–उपयोग तथा भवन निर्माण इजाजत शाखामार्फत भइरहेको छ”, नगरप्रमुख साहले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण