सर्लाही–१ मा पुरानै उम्मेदवारबिच प्रतिस्पर्धा, नयाँको चुनौती
सर्लाही । आसन्न निर्वाचन नजिकिँदै गर्दा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा चुनावी चहलपहल बढेको छ । हाल सबै क्षेत्रका उम्मेदवार घरदैलोमा व्यस्त छन् ।
सर्लाहीमा १३२ जना उम्मेदवार छन् । यहाँ नयाँ पुस्ता र नयाँ दलको चर्चा चले पनि प्रतिस्पर्धा भने पुराना दलबिच नै हुनेछ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।
पुराना पार्टीले विगतमा झै आगामी निर्वाचनमा पनि पुरानै उम्मेदवारलाई प्रत्याशी बनाएका छन् । क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीले गत निर्वाचनमा विजयी रामप्रकाश चौधरीलाई यस पटक पनि उम्मेदवार बनाएको छ । नेकपा एमालेबाट मनोजकुमार देवकोटा,नेपाली कम्युनिष्ट पार्टी प्रमोद साहलाई अघि सारेको छ । नेपाली कांग्रेसले शम्भुलाल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीले नीतिमा भण्डारीलाई उम्मेदवार बनाएको छ ।
मङ्गोल नेशनल अर्गनाइजेसनले अमृतलाल बोम्जन, नेपाल जनता पार्टीले इनरजित तेली, उज्यालो नेपाल पार्टीले छत्रबहादुर दुम्जन, नेपाल जनता संरक्षण पार्टीले जितेन्द्रप्रसाद रौनियार, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले टेकबहादुर श्रेष्ठ, राष्ट्रिय निर्माण दल नेपालले तैयव मन्सुर र आम जनता पार्टीले मोहम्मद अस्फाकलाई उठाएको छ ।
नेपाल मजदुर किसान पार्टीबाट रमाकान्त कापर, बहुजन एकता पार्टी नेपालबाट राजाराम पासवान, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट लुमडीप्रसाद धिमाल, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट विकासकुमार ठाकुर, जनमत पार्टीबाट श्ररन्जन महतो, श्रम संस्कृति पार्टीबाट सुमनहरी अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सूर्यनारायण यादवको प्रत्याशी छन्।
यसैबिच स्वतन्त्र उम्मेदवारका रूपमा रेवतकुमार अधिकारी, रामपरीक्षण यादव, रामदुलार महतो, राम कैलाश, मोहन पासवान, माधोपासवान दुसाध, भरतकुमार थापा, भरत चौधरी, गम्भिरहरी अधिकारी र अरुणकुमार महतो चुनावी मैदानमा छन् ।
यहाँका एक लाख ३० हजार ८७१ जना मतदाताले १५७ वटा मतदान केन्द्रबाट आफ्नो मत जाहेर गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण