अपडेटः गोली प्रहारबाट घाइते इन्जिनियरको मृत्यु
मलंगवा । सर्लाहीको मलंगवा नगरपालिका–१० देवीटोलमा गोली प्रहारबाट एक इन्जिनियरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार २०८२ साल फागुन ३ गते बेलुका करिब ८ बजेर ५ मिनेटमा जिल्ला सिरहा सुखीपुर नगरपालिका–६ बैशाखा घर भई हाल मलंगवा–१० मा डेरा गरी बस्दै आएका जिल्ला पूर्वाधार विकास कार्यालयमा कार्यरत ३६ वर्षीय प्रमोद कुमार यादवमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए ।
घर अगाडिको प्यासेजमा गोली लागेर लडिरहेको अवस्थामा उनलाई उनकी श्रीमतीले देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो । जानकारी प्राप्त हुनासाथ प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको कमाण्डमा २५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
गम्भीर घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको थियो। तर राति ८ बजेर ३७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब २ किलोमिटर उत्तरमा पर्छ । गोली प्रहार गरी फरार भएका व्यक्तिको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण