रास्वपा त्यागेकी ममता कांग्रेस प्रवेश गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट आजै राजीनामा दिएकी ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गर्ने भएकी छन् ।
रास्वपाका मधेस प्रदेशका संस्थापक सभापतिसमेत रहेकी उनले आजै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी थिइन् । राजीनामा दिएलगत्तै उनी कांग्रेसको सम्पर्कमा पुगेकी हुन् । शर्मालाई जनकपुरमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने तयारी रहेको बुझिाएको छ ।
‘अहिले कुराकानी मात्र भएको हो, प्रवेश गर्ने कुरा फिक्स भएको छैन,’ शर्माले भनिन् ।
यद्यपि जनकपुरमा आयोजित कार्यक्रमबाट पार्टी प्रवेश गर्ने सम्भावना भने नरहेको उनले बताइन् । 'केही परामर्श गर्न बाँकी छ, साथ सहयोग दिएका रास्वपामा रहेका नेता तथा कार्यकर्तासँग सल्लाह गर्न बाँकी नै छ,' उनले भनिन् । जनकपुरमा आज कांग्रेसले आयोजना गरेको कार्यक्रममा मन्तव्यका लागि कांग्रेसले उनको पनि नाम राखेको छ । यद्यपि शर्माले भने यसबारे सल्लाह भइरहेको बताएकी छन् ।
यसअघि रास्वपाको साधारण सदस्यसमेत नरहनेगरी पदत्याग गरेका अर्का नेता दीपक साह कांग्रेस प्रवेश गरिसकेका छन् । उनका अनुसार केही नेताहरू आज जनकपुरमा हुने कार्यक्रममार्फत कांग्रेस प्रवेश गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण