कांग्रेसभित्र मत–मतान्तर छैन : मुख्यमन्त्री यादव
बुधबार, ०६ फागुन २०८२, १५ : ४१
काठमाडौँ । नेपाली कांग्रेसका मधेस प्रदेश समिति सभापति तथा मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यसपटकको निर्वाचनमा कांग्रेसभित्र मत–मतान्तर नभएको बताएका छन् ।
जनकपुरको तिरहुँतियामा बुधबार आयोजित प्रतिज्ञा सभामा बोल्दै यादवले भने, ‘यसअघिका प्रतिनिधिसभा/प्रदेशसभा तथा स्थानीय तहका निर्वाचनमा मत मतान्तर हुन्थे, अहिले त्यस्तो भइरहेको छैन । मतान्तर राख्नेहरू अहिले उम्मेदवारको खम्बा भएर अघिपछि लागेर हिँडेका छन् ।’
उनले जेनजी आन्दोलनको भावना र चाहनालाई सम्बोधन गर्दै गगन थापालाई विशेष महाधिवेशनमार्फत सभापति बनाइएको बताए ।
यद्यपि मुख्यमन्त्री यादव विशेष महाधिवेशनको पक्षमा लागेका थिएनन्। सङ्घमा कांग्रेसको सरकार नहुँदा मधेस प्रदेशमा सरकार भएर केही काम गर्न नसकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण